कठमाडौं, १३ पौस । इटालियन पत्रकार सेसिलिया सालालाई इरानमा पक्राउ गरेको छ ।
इटालीका विदेशमन्त्री एन्टोनियो तजानीले सिसिलिया सालालाई आठ दिनअघि इरानको राजधानी तेहरानबाट हिरासतमा लिइएको जानकारी गराएको हो ।इटालियन पत्रिका इल फोग्लियोका अनुसार सेसिलिया सालालाई एविन जेलमा राखिएको छ । उनीमाथि लागेको आरोपबारे कतै पनि उल्लेख छैन ।
यसै महिनाको सुरुमा पत्रकार भिसा पाएर इरान पुगेकी सेसिलिया सालाले पितृसत्ताबारे कुराकानीु शीर्षकको पोडकास्ट एपिसोड अपलोड गरेको थियो ।
रिपोर्टका अनुसार इटालियन कूटनीतिज्ञहरूले उनलाई जेलमा भेटेका छन् । उनको रिहाइ सुनिश्चित गर्ने प्रयास गरिरहेको. छ ।