एजेन्सी, हमास समूहका वरिष्ठ नेता इस्माइल हानियको हत्या गरेको इजरायलले स्वीकार गरेको छ ।
गत जुलाई महिनामा हमास वरिष्ठ नेता हानियको इरानमा हत्या भएको थियो । त्यतिवेला नै इजरायले हत्या गरेको आशंका गरिए पनि इजरायलले जिम्मेवारी लिएको थिएन ।
इरान र हमास समूहले इजरायलले नै हानियको हत्या गरेको बताएका थिए । पछिल्लोपटक इजरायली रक्षामन्त्री इजरायल काट्जले हानिय इजरायली आक्रमणमा मारिएको स्वीकार गरेका हुन् ।
काट्जले यमनमा हुथी विद्रोही समूहलाई निशाना बनाएर निरन्तर आक्रमण हुने समेत बताएका छन् । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगको युद्धविरामका विषयमा सहमति जुट्न लागेको बताएका छन् ।
उनले युद्धविरामको वार्ता सहमतिको दिशामा धेरै नजिक पुगिसकेको दाबी गरेका हुन् ।