KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीता र राम बिना रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिँह

सीता र राम बिना रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिँह

जनकपुर, ७ पौस । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताए ।

भारतको उत्तरप्रदेश सरकारअन्तर्गत पर्यटन विभागको आयोजना र जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिका कार्यालयको सहआयोजनामा जनकपुरधाममा भइरहेको दुईदिने अन्तर्राष्ट्रिय रामायण कन्कलेभमा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् ।

मिथिलामा अवध राजकुमार रामको आगमन र धनुषयज्ञबाट सुरु भएको रामकथा सीतको चर्चाबिना पुरा नहुने भन्दै उनले सीतारामसँग जोडिएका ठाउँको विकास तथा प्रवद्र्धन गर्न भारत सरकारले ल्याएको रामायण सर्किट र मधेश प्रदेशले बजेटसमेत विनियोजन गरिसकेको सीता सर्किटलाई जोड्नुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले त्रेतायुगबाट सुरुवात भएको सम्बन्धलाई अहिले निरन्तरतामात्र दिनुपर्ने भन्दै राम मन्दिर निर्माणपछि अयोध्यामा दर्शन गर्न पुग्ने श्रद्धालुभक्तजनहरूलाई जानकी दर्शनका लागि जनकपुरधाम पठाउने वातावरण निर्माण गर्न भारत तथा भारतीय राज्य उत्तरप्रदेश सरकारसँग आग्रह गरे ।

सीताको दर्शनबिना रामको दर्शन अधुरो भएको रामायणकै चर्चा प्रसार हुनुपर्ने र दुवैसँग जोडिएका ठाउँका बारेमा डिजिटल जानकारी प्रवाह हुँदा दर्शनार्थीले सबै ठाउँका बारेमा जानकारी प्राप्त गर्ने तथा रामायणकालीन विचारधाराबाट अवगत हुनेमा जोड दिए ।

उनले भने, ‘सीता जन्मस्थल, धनुषयज्ञ स्थल र विवाहमण्डप लगायतका ठाउँबारे जानकारी संग्रहित श्रव्यदृश्य र लेख्य सामग्री डिजिटल पोर्टल मार्फत रामायण सर्किटसँगै साझा गरिँदा धार्मिक तथा पर्यटन विकासले तीव्रता लिनेछ ।

’ उनले नयाँ पुस्तासँग रामायणको आद्योपान्त अध्ययन गर्ने धैर्य नभएको भन्दै रामायणकथालाई साना श्रव्यदृश्य तथा दृश्यमार्फत प्रसार गरिनुपर्ने बताए ।
उनले जननकपुरधामको धार्मिक पर्यटनमा टेवा पुग्ने गरी आफूले एउटा धार्मिक समारोहमा सहभागी हुन अयोध्या भ्रमण गरेको बताए । उनले सीतारामको पदगमन र गाथासँग जोडिएका नेपाल, भारत र श्रीलंकाका विभिन्न स्थानमा रामायण चर्चासँगै पौराणिक कथाका बारेमा जागरण तथा खोजअनुसन्धान हुने दृष्टिले रामायण कन्कलेभ महत्त्वपूर्ण भएको औँल्याउँदै ती कुरालाई लिपिबद्ध गर्दै ठाउँठाउँमा प्रस्तुत गर्ने उत्तर प्रदेश सरकारको काम सराहनीय भएको प्रस्ट पारे ।

प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्माले सीता शक्ति र भक्तिको प्रतीक भएको बताउँदै सीता जन्मभूमिमा महिलाको स्थिति कमजोर हुँदा आफूलाई दुःख लाग्ने गरेको बताइन् ।

उनले जानकी भूमिमा महिला हिँसाका घटना अक्षम्य हुने भन्दै नारी सशक्तीकरणका पक्षमा काम हुनुपर्ने उल्लेख गरिन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको कार्यक्रममा भारत तथा नेपालका विद्वान तथा विदुषीहरूले रामार्चा(रामायण चर्चा) गरेका थिए ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar