काठमाडौँ, ४ पुस । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका–३ घर भएको २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएका जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले भनेको हो । आरोपी काठमाडौँ–१४ स्थित खड्का गाउँबाट पक्राउ परेका हो । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थियाृे ।
चन्द्रागिरी नगरपालिका–१० सतुंगल स्थित खरिबोटमा बस्ने तामाङ हराएको भने उनका दाजुले प्रहरीमा निवेदन दिएको थिए । आरोपीको साथबाट मृतकको मोबाइल बरामद भएको हो ।
एसपी अधिकारीले जानकारी दियो । सरिता तामाङ नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा १० कक्षामा अध्ययनरत थियो । हत्याको कारण अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।