काठमाडौ, ३ पुस । भारतका स्पिनर रविचन्द्रन आश्विनले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको हो ।
आश्विनले ब्रिस्बेनमा अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही क्षणपछि नै यो घोषणा गरेका हो । अश्विनले खेलपछिको पत्रकार सम्मेलनमा घोषणा गरेका थिए ।
खेलपछिको पत्रकार सम्मेलनमा उनले सो खेल भारतका लागि अन्तिम खेल भएको भनेको हो । अब उनी बिहीबार भारत फर्कने बताइएको छ । उनले २८७ खेलमा कुल ७६५ अन्तर्राष्ट्रिय विकेट लिएर आफ्नो करियर समाप्त गरेको हो । विशेष गरी उनले टेस्टमा उत्कृष्ट खेल देखाएका हो ।
टेस्टमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका उनले ५३७ विकेट लिएका थिए । टेस्टमा उनले ६ शतक र १४ अर्धशतक समेत प्रहार गरेका थिए ।