काठमाडौं, २ पुष । प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपाली समय अनुसार आज बिहान साढे ७ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो । भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको हो ।
घाइतेहरुलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ । अस्पतालको आकस्मिक कक्ष बाहिर थुप्रै घाइते र तिनका आफन्तहरुको भिड देखिन्छ । केही घाइतेहरुको मृत्यु समेत भएका समाचार सार्वजनिक भइरहेको छ । तर मृतकको संख्या यो समाचार तयार पार्दासम्म सार्वजनिक भइसकेको छैन ।
उद्धारकर्मी र स्वास्थ्यकर्मीहरु घाइतेहरुको उपचारमा व्यस्त देखिन्छन् । ‘सडकमा थुप्रै मानिसहरु लडिरहेको देखेको थिएँ । धेरै घरहरु भत्किएका छन् । भग्नावशेषमा कसैलाई जिवितै उद्धार गर्न सकिन्छ कि भनेर ठूलो उद्धार अभियान चलिरहेको छ ।’