काठमाडौं, १ पौष । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलिका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालय लयाएको हो । ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।
उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए । पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेको थिए ।
पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन् ।