जनकपुर, २९ मंसिर । तत्मा बौधिक समाज धनुषाले एक समारोहको आयोजना गर्दै मगही भाषाका लेखक र भाषा संरक्षक उपेन्द्र दासलाई सम्मान गरेको छ ।
कार्यक्रम शनिबार जनकपुरको शुभतारा स्कुलमा सम्पन्न भएको हो । समाजका अध्यक्ष राम बाबु दासको नेतृत्वमा लेखक दासलाई सम्मान प्रदान गरिएको थियो ।
लेखक उपेन्द्र दासले २०७९ सालमा मगही भाषामा पहिलो किताब “मधुकर बाबा मगही लोक कथा“ प्रकाशित गरेका थिए । यसपछि, २०८० सालमा उनले “मगही ईजोत“ (गजल संग्रह) प्रकाशित गरे । २०८१ मा उनले मगही भाषामा अनुवादित “संक्षिप्त बुद्ध जीवनी“ नामक पुस्तक पनि लेखेका छन्, जुन हाल बजारमा विशेष चर्चा कमाइरहेको छ । उपेन्द्र दासको जन्म २०१६ सालको ०९ मंसिरमा सिरहा जिल्लाको माडरमा भएको थियो । हाल उनी ललितपुर उपमहानगरपालिका २८, हरिसिद्धि क्षेत्रमा बसोबास गर्दैछन् ।
लेखक दास पिता स्व. महाबीर दास र माता स्व. गिरिजा देवी दासका छोरा हुन् ।