एजेनशि , दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ परेका छन् । ’पुष्पा २’ का अभिनेता अल्लूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
सन्ध्या थियटरमा ’पुष्पा २’ को प्रिमियरमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो भने डिसेम्बर ४ मा ३५ वर्षीया महिलाको मृत्यु र उनका चार वर्षीय छोरा घाइते भएका थिए ।
यस घटनामा मृतकका आफन्तहरूले अल्लू अर्जुनविरूद्ध पनि जाहेरी दिएका थिए । यसै मामिलामा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको हो । मृतक महिलाको नाम रेवती बताइएको छ ।
एक प्रहरी अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन् । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्म ’पुष्पा २’ मा अल्लू अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ ।