एजेन्शी। मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ ।
ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ । नेग्रोसको टापुमा समुद्र सतहबाट दुई हजार ४०० मिटरभन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थानमध्ये एक एक हो ।
‘फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ज्वालामुखीको दक्षिणपश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना सहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ, नगर प्रहरी अधिकारी सर्जेन्ट रोनेल अरेभालोले बताउनुभयो ।
गत सेप्टेम्बरमा ज्वालामुखीले एकै दिनमा हजारौँ टन हानिकारक ग्याँस फ्याँकेपछि आसपासका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । भूकम्प मापन कार्यालयका अनुसार सन् १८६६ यता कान्लाओनमा ४० पटकभन्दा बढी ज्वालामुखी विस्फोट भएको छ । सन् १९९६ मा ज्वालामुखीबाट निस्केको खरानीका कारण तीन जना पर्वतारोहीको मृत्यु भएको थियो ।