केपी रिपोर्टर,निभा झा
जनकपुरधाम, २३ मंसिर । हिन्दू धर्ममा आइतबारको पूजालाई विशेष महत्व दिइन्छ, र यो दिन सूर्यदेवको उपासना गर्नका लागि समर्पित गरिएको छ ।
हिन्दू धर्मका अनुसार, सूर्यदेवलाई जीवनका स्रोत र ऊर्जा प्रदान गर्ने देवता मानिन्छन् । आइतबारको दिन विशेष पूजा विधिको पालन गर्दै, भक्तजन सूर्यदेवको आशीर्वाद प्राप्त गर्ने प्रयास गर्दछन् ।
यसै क्रममा जनकपुरका साकेत नगरकी महिलाहरुले आज आइतबारको व्रतमा सूर्यदेवको पूजा विधि अनुसार व्रत राखेर पूजा गरेका छन् ।
यी महिलाहरुले सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै, आस्था र श्रद्धाका साथ सूर्यको रश्मिलाई आफ्नो जीवनमा सुख–शान्ति र समृद्धि ल्याउने विश्वास गरेका छन् ।
आइतबारको पूजा विधि
आइतबारको पूजा विशेष रुपमा सूर्यदेवको सम्मानमा विधिपूर्वक गरिन्छ । पूजा विधिमा शुद्ध निंदा र पवित्रता महत्वपूर्ण मानिन्छ । सर्वप्रथम सूर्योदयको समयमा स्नान गरी स्वच्छ मन र तनको साथ पूजा थालिन्छ ।
महिलाहरु प्रायः राति खाना खान्न र उपवासी बसेर सूर्यास्तपछि सूर्यदेवको पूजा गर्न सकोसाथ व्रत पूरा गर्छन् । यस पूजामा विशेष ध्यान दिनुपर्ने कुरा भनेको सूर्यदेवको अर्घ्य अर्पण गर्नु र पवित्र जलसँग सूर्यको स्तुति गर्नु हो ।
आइतबारको पूजा र यसको धार्मिक महत्व
आइतबारको पूजा गर्नेले स्वास्थ्य, समृद्धि र जीवनको यथार्थ मार्गमा प्रगति गर्ने विश्वास गरिन्छ । हिन्दू धार्मिक मान्यताका अनुसार, सूर्यदेवका कृपाले जीवनमा अन्धकार हट्छ र ज्ञान र उज्यालो प्राप्त हुन्छ ।
यसरी, आइतबारको व्रत र पूजा केवल भौतिक सुख प्राप्तिका लागि मात्र नभई आत्मिक उन्नतिको लागि पनि महत्त्वपूर्ण छ ।
वैकुण्ठ आइतबार र विशेष पूजा पर्व
विशेष गरी, बैकुण्ठ आइतबारको पूजा हिन्दू धर्ममा धेरै महत्त्वपूर्ण मानिन्छ, जसलाई विशेष उपासना र व्रतका साथ मनाइन्छ । यो दिन विशेष रूपमा सूर्य देवको आशीर्वाद प्राप्त गर्नका लागि विशेष अनुष्ठान र पूजा विधिहरू अपनाइन्छ ।