एजेन्सी । सिरियाका विद्रोही समूहले राजधानी दमास्कसमा प्रवेश गरेको दाबी गरेका छन् ।
यसैबीच, समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असदले दमास्कस छाडेको बताएको छ, तर उनी कहाँ गए भन्ने स्पष्ट छैन ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि सम्भवतः राष्ट्रपति बसर अल–असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको बताएको छ ।
सिरियाका विद्रोही समूहले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन् । इस्लामिक चरमपन्थी समूह हयात तहरिर अल–शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन् ।