एजेन्सी । दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपति कार्यालयका कर्मचारी, चीफ अफ स्टाफ र सबै वरिष्ठ सचिवहरूले राजीनामाको प्रश्ताव गरेको सञ्चारमाध्यमहश्रले जनाएको छ ।
राष्ट्रपति युन सुक–योलले आपतकालीन मार्शल लको घोषणा गरेपछि उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् । दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योलले मंगलवार एक टेलिभिजन सम्बोधनमा राज्य विरोधी शक्तिहरू उन्मूलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थालाई कायम राख्न आपतकालीन मार्शल कानून घोषणा गरे ।
करिब साढे दुई घण्टापछि बसेको राष्ट्रिय सभाको पूर्ण बैठकमा सत्तारुढ जनता पार्टीका १८ र विपक्षी दलका १७२ सांसदको उपस्थितिमा पक्षमा मतदान भएको थियो ।
संविधानबमोजिम ३ सय सदस्यीय संसदले बहुमत सांसदले पक्षमा मतदान गरेपछि राष्ट्रपतिले मार्सल ल अध्यादेश खारेज गर्नुपर्छ ।