जनकपुरधाम, ३ मंसिर । जनकपुरधामका शैक्षिक संस्था सोमबारदेखि अनिश्चित समयका लागि बन्द भएको छ ।
छात्रवृत्तिमा अध्ययनको शुल्कको विषयलाई लिएर हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरूपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।
संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने संगठनहरूको माग छ ।
छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१÷०५÷१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरूमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुनः २०८१÷०७÷१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने,’ तीनवटै संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।