कैलाली, १५ भदौ । मा साढे चार किलो चरेससहित एक जना पक्राउ परेका छन् ।
शनिबार धनगढी उपमहानगरपालिका ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेससहित बझाङको केदारस्युँ गाउँपालिका ७ का ४२ वर्षीय जनक धामी पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोली धामीलाई पक्राउ गरेका छ ।
धामी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको छ ।














