टेक्सस । अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ ।
मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे ।
यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले जनाएको छ । यो घटना सोमबार बिहान ५ः२० बजेतिरको भएको छ । घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ ।
त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए । उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् ।
वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् । वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको छ ।