काठमाडौँ, २९ असार । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ ।
अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्म सरफिरा को प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ ।
उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ पुष्टि भएको छ । यसअघि सन् २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका क्रममा कोरोना संक्रमित भएका थिए ।
यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरूलाई पनि कोभिड पोजिटिभ देखिएको थियो । अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ शुक्रबार रिलिज भएको छ ।