बुटवल, १९ असार । छुरा प्रहारबाट बुटवलका एक युवाको मृत्यु भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्यसमेत बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको मृत्यु भएको छ भने छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
घाइते थापाको उपचारका क्रममा निधन भएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारीका छन ।
घटनामा संलग्नलाई कानूनी कारबाहीका लागि प्रहरी समक्ष ध्यानाकर्षण गराइएको युवा संघका जिल्ला अध्यक्ष बस्नेतले बताए ।
रेष्टुरेण्टमा रहेको सीसीटीभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा संघको आरोप छ ।
दोषीलाई पक्राउ गरी कारबाही गर्न युवा संघले प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।