केपी रिपोर्टर,निभा झा
जनकपुर, १५ असार । जनकपुरमा शनिवार जल संकट चु्रे संरक्षण एवं स्थानीय जिम्मेदारी सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न क्षेत्रका समस्या समाधानका लागि आवाज उठाउँदै आएका भ्वाइस अफ जनकपुरले शनिबार जनकपुरमा आयोजना गरिएको जल संकटः चुरे संरक्षण र स्थानीय दायित्व विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष डा. विजयकुमार सिंह र जलविज्ञ तथा इन्जिनियर रत्नेश्वरलाल कर्णले जल संकटः चुरे संरक्षण र स्थानीय दायित्व विषयमा आ आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपस्थित टि. ए. अध्यक्ष वृषेशचन्द्र लाल र ई. प्रकाश चन्द्र साहले जल संकट र चुरे संरक्षण सम्बन्धी आफ्नो धारणा राखेका थिए ।