काठमाडौँ, १४ असार । वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन माग गर्दै जारी आन्दोलनको १३ औँ दिन शुक्रबार श्रममन्त्री डीपी अर्यालको पुतला दहन गरिएको छ ।
आईटी आर्मीको नेतृत्वमा पीडितहरुले वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउ गर्दै आएका छन् ।
विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठगीमा संलग्न मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्नेलगायतका माग आईटी आर्मीले अघि सारेको हो ।
आफूहरूको मागबारे गृहमन्त्री एवं प्रधानमन्त्रीको पनि ध्यान जान जरुरी रहेको आईटी आर्मीको भनाइ छ ।