काठमाडौँ, १४ असार । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पोचुर्गल भ्रमण स्थगित गरेकी छिन् ।
स्रोतले दिएको जानकारी अनुसार, नगरसभा बैठक देखिएको विवादकाबीच पोर्चुगल भ्रमणमा निस्कँदा गलत सन्देश जानसक्ने भन्दै उपमेयर डंगोलले भ्रमण स्थगित गरेकी हुन् ।
डंगोलको असार १५ गते पोर्चुगल भ्रमणमा निस्कने कार्यतालिका रहेको थियो । शुक्रबार बिहानै काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको थियो ।
मेयर बालेन्द्र शाह तीन घन्टासम्म बैठकमा नपुगेपछि नगरसभा सदस्यहरू फर्किन बाध्य भएका थिए । यस्तो अवस्थामा आफ्नो पोर्चुगल भ्रमणले झनै गलत सन्देश जानसक्ने भन्दै उनको भ्रमण स्थगित भएको सचिवालयले जानकारी दिनुभएको छ ।