काठमाडौं, १३ असार । बिवाहको बाहनामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई रहेको हो । उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेकी थिइन् भने विश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएक थिए ।
त्यसपछि पीडित महिलालाई ठमेलमा उनले चिनियाँ केटासँग समेत भेट गराएको पाइएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारीका छन । चीन पुगेपछि ती महिलाले आफू १ लाख ५० हजारमा बिक्री भएको थाहा पाएकी थिइन् ।
चिनियाँ नागरिकले उनलाई घरमै बन्धक बनाएर शारीरिक र मानसिक यातना दिँदै यौन शोषण समेत गरेको पीडितको भनाइ छ ।
यस घटनामा चिनियाँ नागरिक समेत संलग्न रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।