जनकपुर,१२ असार । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नं. ४ मा रहेको नव-निर्मित समुदायिक भवन (दलान)को समुद्घाटन मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादबले समुद्घाटन सु-सम्पन्न गरेको छ ।
नव-निर्मित भवन मुखियापट्टी मुसहरनिया गाउँपालिका पालिका स्तरीय योजना अन्तर्गत निर्माण भएको छ ।
उक्त कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कैलाश यादव,वडा नं. ६ का वडा अध्यक्ष मोहन यादव कार्यपालिका सदस्य लगायत पत्रकार तथा स्थानियवासीहरू सहभागिता रहेको थियो ।