कठमान्डौँ, १० जेठ । आन्दोलनरत संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ ।
सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र कर्मचारी युनियनबिच भएको वार्तामा ७ बुँदे सहमति भएको छ ।
सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएका बताइएको छ ।
२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।