रौतहट, १० अषाढ । आफ्नै बहिनीको हत्या गरेको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको परोहा नगरपालिका–८ की २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै दाई नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्रकुमार रामलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा बाँसको फटहाले हान्दा गम्भीर घाइते भएकी तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ परेको राममाथि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।