KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बजेटमा कर्मचारीले गडबड गरेको मुख्यमन्त्री सिंहको दाबी

बजेटमा कर्मचारीले गडबड गरेको मुख्यमन्त्री सिंहको दाबी

जनकपुर, १० असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको दाबी गरेका छन् ।

जनकपुरधाममा समाजवादी प्रेस संगठन नेपालद्वारा आयोजित ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए ।

यही जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ ।

मुख्यमन्त्री सिंहले भने, ‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ । म भन्न चाहन्छु- नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो ।

यसबारे आन्तरिक छानबिन गरिरहेका छौं ।’ उनले बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर त्यसको उजागर गर्ने बताए ।

मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे । उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

उनले भने, ‘मिडियाका लागि अहिले विनियोजन गरेको बजेट कम रहेको कुरा आएको छ । थप बजेट पनि उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु ।

उनले आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृत्ति अन्त्य गर्ने पनि बताए । ‘अब विगत जस्तो आर्थिक वर्षको अन्तिममा काम हुंदैन् ।आर्थिक वर्ष सुरु भएलगत्तै काम थाल्छौं ।’

Facebook Comment

Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar