काठमाडौँ, ८ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधर पुस्तक विमोचन कार्यक्रममा उनले, शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढिराखेको बताउनुभयो ।
‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद रहेको छ उनले भने, शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ ।