जनकपुर, ६ असार । मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन प्रसाद साहलाई नियुक्त गरिएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले नीति आयोगको उपाध्यक्षमा डा. साहलाई नियुक्त गरेका हुन् ।
डा. साह जनकपुरधाम उपमहानगरपालिका १ मिल्सएरियाका स्थायी बासिन्दा हुन् । आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ ।
नीति आयोगका उपाध्यक्षलाई प्रदेश सरकारको आर्थिक सल्लाहकार पनि मानिन्छ ।