दिवाकर राय
महोत्तरी, ६ असार । मटिहानी नगरपालिका १३ औ नगरसभाको आयोजना गरि आर्थिक बर्ष २०८१०८२ को लागि ४० करोडभन्दा वढिको बार्षिक बजेट प्रस्तुत गरेका छन् ।
बुधबार मटिहानीका मेयर हरिप्रसाद मण्डलले ४० करोड २७ लाख ६२ हजार बराबरको वजेट सार्वजानिक गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहको प्रमुख आतिथ्यमा मेयर मण्डलले वजेट प्रस्तुत गरेका छन ।
वजेट प्रस्तुत गर्ने क्रममा मेयर मण्डलले नगरभरिका मखान खेतीलाई प्रर्वद्धन गर्ने किसिमको कृषि योजना रहेको पढेर सुनाएका छन् ।
सोही अनुरुप मखान खेतीलाई निरन्तरता दिई यसको व्रान्डिंग गर्ने उद्देश्यले यसबर्षको वजेट विनियोजन गरिएको मेयर मण्डलले घोषणा गरिएको वजेट नितीमा उल्लेख रहेका छन् ।