जनकपुर, ४ असार । राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनले कुलदीप दासलाई पुन : अध्यक्षमा चयन गरेको छ ।
९ सदस्य जिल्ला समितिको उपाध्यक्षमा मनोजक पासवान,सचिवमा अशोक धन्कार र कोषाध्यक्षमा अनामिका मण्डललाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा जितेन्द्र राम,ममता बैठक,निकी दास,नन्दनी दास कुमारी दास र सरोज राउत चयन भएका छन् ।
त्यसैगरी प्रदेश पार्षदमा राजेश सक्सेना,विरेन्द्र पासवान, र केन्द्रिय प्रतिनिधिमा कैलाश दास,रामएकवाल महरा चयन गरेको छ ।












