KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित समुदायका पत्रकारहरुले अझै विभेदको सामना गर्नु परीरहेको छ : केन्द्रिय उपाध्यक्ष पासवान

दलित समुदायका पत्रकारहरुले अझै विभेदको सामना गर्नु परीरहेको छ : केन्द्रिय उपाध्यक्ष पासवान

जनकपुर,४ असार । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमा पनि समाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परीरहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथितिको आसनबाट बोल्दै उपाध्यक्ष पासवानले सो कुरा बताएका हुन् ।
पत्रकार महासँघले सदस्यता वितरण गर्दा दलित र महिलालाई प्राथमिकता दिएको भएपनि नयाँ सदस्यता वितरण र नवीकरणमा जिल्ला,प्रदेश र केन्द्रले विभेद गरीरहेको बताउँदै उपाध्यक्ष पासवानले दलित समुदायका पत्रकारहरुले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने बताए । राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभरी महासंघका सदस्यता नवीकरण र शुद्धिकरणका नाममा दलित समुदायका पत्रकारमाथि गरिएको विभेदबारे अध्ययन गरेर सुझाव दिएको बताए ।
पत्रकारिता क्षेत्रमा समेत दलित समुदायका पत्रकारहरुले अवसर पाउन सवालमा विभेदको सामना गर्नु परीरहेको छ ।
आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादबले दलित समुदायका पत्रकारहरुलाई छात्रवृत्ति,पत्रकारिता लगायतका अवसरमा प्रातमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दलित समुदायका पत्रकारहरुले मिसन पत्रकारिता गर्नुपर्ने बताउँदै यादबले भने,‘ पत्रकारिता पेशामा दलित समुदायललाई टिक्न मुश्किल छ ।तथ्यमा अधारित पत्रकारिता गर्न सुझाव दिदैँ प्राधिकरण अध्यक्ष यादबले दलित समुदायका पत्रकारहरु संगठित भएर पेशागत हकहितका लागि लड्न आग्रह गरेका थिए ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारिता क्षेत्रमा पनि विभेद कायम रहेको बताउँदै पत्रकार महासंघले दलित समुदायका नयाँलाई सदस्यता दिने त कता हो कता भएका सक्रिय रहेका दलित समुदायका पत्रकारहरु समेतलाई शुद्धिकरणका नाममा हटाउने प्रपञ्च गरीरहेको बताए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको मधेश प्रदेश अध्यक्ष समेत रहेका दासले संघलाई सक्रिय रुपमा परिचालन गर्दै दलित अधिकार कार्यान्वयनमा सहयोग पुग्ने ढंगले काम गर्नुपर्ने बताए । कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशमा दलितमाथि दैनिक जातीय विभेद र हिंसाका घटना घटीरहेको जानकारी गराएका थिए ।
दलित समुदायको १७ प्रतिशत जनंसख्या रहेको मधेश प्रदेशमा मानव अधिकार उल्घनका घटनामा भने दलित समुदायका २१देखी २९ प्रतिशतसम्म पीडित बन्नु परेको छ ।
सप्तरीको पातोमा दलित समुदायलाई ऐलानी जग्गाबाट हटाउने नाममा आधा दर्जनभन्दा बढीलाई निर्घात कुटपिट गरेको बताउँदै पासवानले दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध भएर विषय केन्द्रित पत्रकारिता गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा दलित अगुवा सुनिता मेस्तरले दलितमाथि घटना हुदाँ प्रमाण नष्ट भएपछि पत्रकार तथा अधिकारकर्मी पुग्ने गरेको बताए ।
अशोक धन्कारद्धारा संचालित कार्यक्रममा पत्रकार राजेश सक्सेनाले सहभागीहरुलाई स्वागत गरेका थिए ।

Facebook Comment

Related Posts

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रेस स्वतन्त्रता हनन भन्दै महासङ्घको चरणबद्ध आन्दोलन घोषणा

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

सेती नदीमा नुहाउने क्रममा युवक हराए

सेती नदीमा नुहाउने क्रममा युवक हराए

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

तीन वटा ऐन परिमार्जनका विधेयक संसद्मा पेश हुने

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar