काठमाडौं, ३२ जेठ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार आम नागरिकका लागि खुला भएको बताएका छन् ।
सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उनले बताएका छन । आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने पाउने अवस्था अब अन्त्य भएको गृहमन्त्री लामिछानेले बताए ।
मन्त्रालय सम्हालेको सय दिनमा आफ्ना कार्यबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले भने,‘ ।
चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भएर मात्रै फोन गरिदिएर भित्र छिर्ने पाउने अवस्थालाई अन्त्य गर्ने प्रयास हो ।
’पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार प्रवेश गर्न इच्छुकका लागि मन्त्रालयले नयाँ प्रणालीको विकास गरेको हो । नयाँ प्रणाली परीक्षणका क्रममा रहेकाले केही समय भने दुख पहिलेकै जस्तै अवस्था झेल्नुपर्ने हुनसक्ने गृहमन्त्री लामिछानेले बताए ।
प्रवेश पासको नयाँ व्यवस्थाले पुरानो प्रणाली भने तत्काल नहट्ने गृहमन्त्री लामिछानको भनाइ छ ।