जनकपुर, ३२ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौं फर्केपछि केन्द्रीय समिति घोषणा गर्ने बताएका छन् ।
यादबले शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनबाट १९ पदाधिकारी र १८१ केन्द्रीय सदस्य चयन गर्ने जिम्मा आफ्ुलाई दिएको र केन्द्रीय समिति चाँडै घोषणा गर्ने बताए ।
जनकपुरधाममा तीन चार दिनसम्म चलेको जसपा नेपालको एकता महाधिवेशनबाट अध्यक्षमा यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका थिए ।
तर अन्य पदाधिकारी र केन्द्रीय सदस्य चयन नगर्दै महाधिवेशन सकियो । चुनावबाट गर्दा समावेशी नहुने अबस्था सृजना भएपछि अध्यक्ष यादवले सर्वसम्मत चयन गर्ने अधिकार महाधिवेशनबाट मागेका थिए ।
प्रतिनिधीहरुले अधिकार अध्यक्ष यादवलाई प्रत्यायोजन गर्नुका साथै सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । त्यसपछि महाधिवेशन सकेको घोषणा केन्द्रीय निर्वाचन समितिले गरेको थियो ।