जनकपुरधाम, ३० जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्षमा उपेन्द्र यादव पुनः निर्विरोध निर्वाचित भएका छन् ।
बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म चलेको मनोनयन दर्तामा यादवको मात्र अध्यक्षमा मनोनयन दर्ता भएको थियो ।
जसपाका प्रवक्त मनिष सुमनले यादवका मात्र अध्यक्ष पदमा उम्मेदवार परेको बताए ।
केहीवेरमा उम्मेदवारहरुको अन्तिम मानावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।