जनकपुरधाम, २८ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भइरहेको छ ।
जनकपुरधामको तिरहुतियागाछीमा महाधिवेशनको उद्घाटन हुने जसपा नेपालले जनाएको छ ।
उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट नेता–कार्यकर्ताका साथै शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुँदैछन् ।
२० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनलेका छन ।उनका अनुसार महाधिवेशनका १३ सयभन्दा बढी प्रतिनिधि छनोट गरिएको छ ।
जसमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ भने नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ । हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ ।
तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने हो । जस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी रहेको छ ।
केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ भने अन्य पदमा भने प्रतिष्पर्धा हुने प्रवक्ता सुमनले बताएका छन ।