काठमाडौं, २७ जेष्ठ । काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् ।
चिया पसल सञ्चालन गरी बस्ने तारादेवी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।
थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










