जनकपुर, २७ जेष्ठ । मधेश प्रदेशको राजधानी जनकपुरधामको रामानन्द चोकमा शनिवार सरसफाई कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । पि.आर.जेड ग्रुप एण्ड इभेन्ट कम्पनीको आयोजनामा (क्लिन मिथिला ,सेभ मिथिला)ले रामानन्द चोकमा नगर प्रमुख मनोज साहको उपस्थितीमा सरसफाई गरिएको छ ।
क्लिन मिथिला ,सेभ मिथिलाले आउँदो साउन महिनामा मिथिला सौन्दर्य प्रतियोगिता २०८१ आयोजना गर्ने जानकारी गराएको छ ।
सरसफाई कार्यक्रममा नगर प्रहरी , ट्राफिक प्रहरी, समाजसेवी द्रवेश झा, समाजिक अभियन्ता सरोज कुमार मिश्र, ज्ञानेन्द्र झा (ज्ञानु), भवेश मिश्र, भवेश मिश्र, रमानन्दचौक वासी र पि.आर.जेड ग्रुप एण्ड इभेन्ट कम्पनीका सम्पूर्ण सदस्यहरु ल्गायत विभिन्न संघसंस्थाका जनप्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो ।