काठमाडौं, २६ जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणबारे जानकारी गराएका थिए भने अन्य समसामयिक विषयमा पनि कुरा भएको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका छन् ।
प्रधानमन्त्री मोदीको शपथ समारोहको निमन्त्रणा स्वीकार्दै प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्समार्फत् आइतबार दिउँसो त्यसतर्फ जान लागेका हुन् ।