काठमाडौँ, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सो पार्टी निकट युवा सङ्घ नेपाल भित्रको विवादले तीव्र रूप लिएको छ ।
युवा संघभित्र संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल समूहबिच विवाद चर्किएका छन । जसमा संयोजक नितेश पौडेल र सहसंयोजक फुर्बा लामा भएका छन् ।
संयोजक विक पार्टीका सम्मानित नेता झलनाथ खनाल निकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष माधव नेपालका भान्जा हुन् ।
पौडेल पक्षले भेला बोलाएपछि संयोजक विकले विज्ञप्ति निकालेर युवा संघले कुनै भेला नबोलाएको जानकारी दिएको थियो । यस प्रकारका गतिविधिले महाधिवेशन प्रभावित पार्ने र नेता कार्यकर्ताबिच असहिष्णुता पैदा गर्दछ ।
नेता कार्यकर्तालाई पार्टीविरुद्ध भइरहेको षड्यन्त्रबाट सचेत हुँदै आसन्न महाधिवेशन सफल बनाउन जिम्मेवारीपूर्वक लाग्न निर्देशन गर्दछु,’ विकले विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपा (एस) को महाधिवेशन यही असार १६ देखि २० गते काठमाडौँमा हुँदैछ ।