काठमाडौं, २६ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेश प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री पद लिन प्रस्ताव आएको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी कमिटीले आयोजना गरेको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपाल कांग्रेस, जसपा नेपालसहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरेको तर आफूले प्रदेश र केन्द्रमा एउटै गठबन्धनमा रहनु उचित हुने भएकाले प्रस्ताव अस्वीकार गरेको बताए ।
परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ ।
मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समर्थनमा जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री भएका छन् ।














