जनकपुर, २५ जेष्ठ । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भयो तर दलित समुदायबाट कसैले मन्त्री बन्न अवसर पाएनन् ।
शुक्रबार जनमतका सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा भने सुरमै दलित समुदायका सांसदले मन्त्री बन्ने अवसर पाएकी छन् । मधेश प्रदेश सरकारमा पहिलो पटक दलित समुदायबाट जनमत पार्टीकी सप्तरीकी समानुपातिक प्रदेशसभा सदस्य रञ्जुकुमारी खंगलाई राज्यमन्त्री बनेकी छन् ।
जसपा नेतृत्वकै सरकारमा सहभागी रहेको जनमत पार्टीले दलित समुदायबाट खंगलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । तर, जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले खंगलाई शपथग्रहण नगराएको जनमत पार्टीका सचिव बीपी साहले बताए ।
पहिलो प्रदेश सभामा ७ जना दलित समुदायका थिए । कसैले पनि मन्त्री हुने अवसर पाएनन् । जसपाकी सांसद चमेलीदेवी दासको नाम चर्चामा आएपनि मन्त्री बन्न सकिनन् । यसपटक अहिले प्रदेश सभामा ८ जना दलित सांसद छन् । जनमत पार्टीले राज्यमन्त्रीमा दलितलाई स्थान दिएर राम्रो गरेको जसपाकी पूर्व प्रदेश सांसद दासले बताइन् ।
मधेश प्रदेशमा झण्डै १८ प्रतिशत जनसंख्या भए पनि दलित समुदायका मन्त्री भएका थिएनन् ,’ सचिव साहले भने, ‘हाम्रो पार्टीले ऐतिहासिक निर्णय गरेको छ ।
दलितलाई सरकारमा सहभागी गराएर मधेश आन्दोलनको प्रमुख माग समावेशितालाई आत्मसाथ गरेका छौं । राज्मन्त्री खंगले भनिन्, ’मेरो शपथग्रहण गराउन मैले बारम्बार यस अघिको जसपाका मुख्यमन्त्री सरोज यादवलाई आग्रह गरेको तर उहाँले गराउनु भएन ।