काठमाडौं,२२ जेठ । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएका अशोककुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटामा शिक्षक पदमा कार्यरत साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ असोजदेखि राहत शिक्षक अनुदान कोटामा नियुक्ति लिएका थिए। ।