शनिबार, १९ जेठ । गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा भारतमा ३२० जना भन्दा बढीको मृत्यु भएका छन ।
पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढी १०० जनाको ज्यान गएको हो ।
त्यस्तै बिहारमा पछिल्लो ३ दिनमा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । भने यूपी–बिहारमा शुक्रबार मात्र कम्तीमा ४० जनाको मृत्यु भएको खबर छ । जसमध्ये २५ जना लोकसभा चुनावी काममा खटिएका कर्मचारी र अधिकारीहरू रहेको बताए ।
पछिल्लो ४ दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ । झारखण्डमा १ हजार ३ सय २६ जना अस्पतालमा भर्ना भएको छन ।
भारतको मौसम विभागका अनुसार शुक्रबार देशमा सबैभन्दा बढी ४८.२ डिग्री सेल्सियस तापक्रम कानपुरमा रेकर्ड गरिएको हो ।
दोस्रो स्थानमा हरियाणाको सिरसा रहेको छ भने यहाँको तापक्रम ४७.८ डिग्री सेल्सियस रहेको छ । दिल्लीको आयानगरमा तापक्रम ४७ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।