जनकपुर, १६ जेष्ठ । जनकपुरमा अत्याधिक गर्मी बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुलाई जेष्ठ १७ गते देखि जेष्ठ २१ गतेसम्म विदा रहने जनाएको छ ।
उच्च तापक्रम बढेसँगै बालबालिकालाई पठनपाठनमा असहज भएको भन्दै विद्यालय बन्द गरेको विज्ञप्तीमा उल्लेख रहेको छ । 












