काडमान्डौ, १५ जेठ । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेका छन ।
छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको घोषणा गरिएको सरकारले जनाएको हो ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने बताएका छन ।
सरकारले महिलाको आवश्यकता, चुनौती र अवसरबारे छलफल गर्न आगामी आर्थिक वर्षमा युवा महिला राष्ट्रिय सम्मेलन गर्ने योजना तय गरेको छ ।