काठमाडौँ, १४ जेठ । चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएका छन । आर्थिक सर्वेक्षण २०८०÷८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको हो ।
चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार ६ सय २८ सङ्क्रमित भएकोमा ३३ व्यक्तिको मृत्यु भएको छ ।
यस अवधिमा डेङ्गु नियन्त्रण तथा रोकथामका लागि बहु–निकाय तथा बहु सहकार्य सचेतनामूलक कार्यक्रम सञ्चालन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षण अनुसार ५ सय स्वास्थ्यकर्मीले डेङ्गु रोकथाम तथा जनचेतना अभिवृद्धिसम्बन्धी अभिमुखीकरण तालिम प्राप्त गरेका छन् ।