काठमाडौँ, ११ जेठ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएको छ् । इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हो ।
सिनियर डिभिजनल इन्जिनियर पोखरेल भक्तपुरको लोकन्थीस्थित आँखा अस्पताल नजिकै घरमा मृत अवस्थामा भेटिएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेम सागर केसीले बताए ।
बिहीबार बिहान मृत भेटिएपछि उनको शव भक्तपुरको केएमसी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
विशेष अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने फैसला गरेको थिए । विशेष अदालतले जेठ ८ मा सो फैसला गरेको हो ।














