जनकपुर ,१० जेष्ठ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताएका छन् ।
बिहीवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उने गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे ।
उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रवार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने बताए । ‘रवि लामिछानेको सहकारी ठगीको आरोपमा छानबिन समिति बनाउन हामीले भनेका छौँ उनले भने,
सरकार आफैँले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुभएको छ । त्यसको विरुद्धमा शुक्रवार प्रदर्शन गर्दैछौँ । जबसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म संसदको अरु कामहरु अघि बढ्दैन ।
नेता निधीले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको बिरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए ।