जनकपुरधाम, ३१ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको छ ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री रहेका जसपा संसदीय दलका नेता उपेन्द्र यादव, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई राजिनामा पत्र बुझाएका हुन् ।
सरकारबाट बाहिरिएसंगै उनले सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।
हिजो मात्रै प्रधानमन्त्री प्रचण्डले यादवलाई सरकारबाटा बाहिरिन निर्देृृृृृशन दिएका थिए ।
संघमा १२ सांसद रहेको जसपाको अशोक राई नेतृत्वमा ७ जना फुटेर जसपा पार्टी निर्वाचन आयोगमा दर्ता गराइ सकेका छन् ।
अब उपेन्द्र यादवसंग मात्र ५ सांसद छन् । मधेश प्रदेशमा रहेका जसपाका १९ मध्ये अहिलेसम्म कोही राई नेतृत्वको जसपामा खुलेका छैनन् ।