जनकपुरधाम, २८ वैशाख । धनुषाको कमला नदीको किनारमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ ।
कमला नगरपालिका ५ स्थित कमला नदी किनारमा शुक्रवार साँझ हवन गर्ने मुख्य मण्डपमा आगलागी हुँदा श्रद्धालुहरुको भागाभाग भएको छ ।
बाँस र खरको प्रयोग गरि निर्माण गरिएको हवन मण्डपमा आगो लाग्दा पूर्णरुपले जलेर नष्ट भएको छ ।